नेपाललाई ‘ग्रे लिस्ट’बाट जोगाउन गभर्नर अधिकारीको नेतृत्वमा १३ सदस्सीय टोली फिलिपिन्स प्रस्थान

काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणमा नेपाललाई ग्रे लिस्टबाट जोगाउन गभर्नर अधिकारीको नेतृत्वमा १३ सदस्सीय टोली आज फिलिपिन्स प्रस्थान गरेका छन् । एसिया प्रशान्त समूह (एपीजी) को सम्पत्ति शूद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणमा पारस्परिक मूल्यांकन प्रतिवेदनको आधारमा नेपाल सूक्ष्म निरीक्षण गरेको छ ।

पारस्परिक मूल्यांकन प्रतिवेदनको आधारमा एपीजीले नेपालाई गत वर्ष २०२३ देखि सूक्ष्म निरीक्षणमा राखेको थियो । उक्त अवधिमा सम्पत्ति शूद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणका सम्बन्धमा नेपालले गरेको काम कारबाहीको बारेमा एपीजी र फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) का प्रतिनिधिसँग फेस टु फेस छलफल गर्न गभर्नर अधिकारीसहित सम्पत्ति शूद्धीकरण अनुसन्धान विभागका महानिर्देशक सुमन दाहाल,प्रहरी एआईजी टेकबहादुर तामाङलगायत १३ जनाको टोली फिलिपिन्स गएको हो ।

उक्त टोलीले माघ १ गते एपीजी र एफएटीएफका प्रतिनिधिलाई पारस्परिक मूल्यांकन प्रतिवेदनमा उल्लेख भए अनुसार नेपालले गरेको काम कारबाहीको जानकारी दिनुका साथै उनीहरुको जिग्यासा सम्बोधन गर्नेछ । गभर्नरको नेतृत्वमा रहेको टोलीको रिपोर्टिङका आधारमा एपीजी र एफएटीएफका प्रतिनिधिले रिपोर्ट तयार गर्नेछ । एपीजी र एफएटीएफका प्रतिनिधिले तयार गर्ने रिपोर्ट फेब्रअुरीमा एसीजीको प्लेनरीमा पेश हुनेछ । उक्त प्लेनरीले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणमा ग्रे लिस्टमा राख्ने कि नराख्ने भन्ने निर्णय लिनेछ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार