नेपाल क्लियरिङ्ग हाउसको तेह्रौ वार्षिक साधारण सभा सम्पन्न, २०प्रतिशत लाभांस प्रस्ताव पारित

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको आ.व. २०८०\८१ को तेह्रौ वार्षिक साधारण सभा २८ पुस २०८१ मा काठमाडैंमा सम्पन्न गरेको छ । सभाले  लेखापरीक्षण प्रतिवेदन सहितको २०८१ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद–प्रवाह विवरण स्वीकृत गर्नुका साथै १९% बोनस शेयर र कर प्रयोजनका लागि १% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

लाभांस वितरण पश्चात एनसीएचएलको चुत्ता पुँजी रु.  १,२६,८२,७०,९०० बराबरको हुनेछ  यसको साथै सभाले  अधिकृत पूँजी वृद्धि गरी रु २.२५ अर्ब पुर्याउने प्रस्ताव स्वीकृत गरेको छ । कम्पनीले पूँजी वृद्धी मार्फत नेशनल पेमेन्ट स्वीच, नेशनल तथा क्रस बोर्डर कारोबारका लागि थप भुक्तानी प्रणाली विकास गर्ने, जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने र सञ्चालनमा रहेका पूर्वाधारहरुको स्तरोन्नतीका लागि प्रयोग गर्ने बताएको छ  ।

आ.व. २०८०\८१ मा कम्पनीबाट फर्छौट भएका कारोबारहरुको संख्या ५४% ले बृद्धि भएसँगै कम्पनीको खुद नाफा ६.२% ले वृद्धी भएको छ । उक्त आर्थिक वर्षमा एनसीएचएलको भुक्तानी प्रणालीहरु मार्फत कुल १५६ खर्ब बराबरको १२.६ करोड भुक्तानी कारोबारहरु राफसाफ भएको थियो ।

सभाले  कम्पनीको सञ्चालक समितिमा तीन  सञ्चालकहरु निर्विरोध रुपमा पुनः निर्वाचित गरेको छ । बाणिज्य बैंकहरुबाट प्रतिनिधित्व गर्दै एनसीएचएलको सञ्चालक समितिमा हिमालयन बैंक लि.का उप–प्रमुख कार्यकारी अधिकृत उज्ज्वल राजभण्डारी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि. का वरिष्ठ उप–प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल तथा सिद्धार्थ बैंक लि.का प्रमुख सूचना प्रविधि सृजन मल्ल पुनः निर्वाचित भएका छन् । एनसीएचएलको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकको १ जना, वाणिज्य बैंकहरुबाट ३ जना, विकास बैंकहरु, फाइनान्स कम्पनीबाट र स्वतन्त्र गरी क्रमशः १–१ जना रहेका व्यवस्था रहेको छ ।

एनसीएचएलमा नेपाल राष्ट्र बैंकको ९.४५% र बैंक तथा वित्तीय संस्थाहरुको ९०.५५% स्वामित्व रहेको छ ।

कम्पनीले NCHL-ECC, NCHL-IPS, RPS / EFT Switch लगायत, connectIPS, CORPORATEPAY, connectRTGS, National Payments Interface (NPI) tyf NEPALPAY QR का विभिन्न च्यानल प्लेटफर्महरु सञ्चालन गर्दै आएको छ । नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेशनल कार्ड स्वीच र NEPALPAY डोमेस्टिक कार्ड कार्यान्वयन गर्ने क्रममा रहेको छ । एनसीएचएलमा हाल ५३ सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा १०० भन्दा बढि गैर–बैंकिङ्ग संस्थाहरु Indirect/Technical Member को रुपमा आवद्ध छन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार