CLI

५ दिनदेखि लगातार बढेको सुनको मूल्य आज घट्यो

काठमाडौं । विगत पाँच दिनदेखि लगातार बढ्दै आएको सुनको मूल्य आज घटेको छ। चाँदी पनि आज सस्तिएको छ।

प्रतितोला आठसय रुपैयाँ घटेर आज सुनको मूल्य एकलाख ५५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो सुनको मूल्य प्रतितोला एकलाख ५५ हजार आठसय थियो। गएको आइतबार सुन तोलामा एक हजार ६ सय रुपैयाँ बढेको थियो।

गएको बिहीबार र शुक्रबार पनि सुन तोलामा आठ/आठ सय रुपैयाँ बढेको थियो भने बुधबार पाँचसय रुपैयाँ बढेको थियो।

आज चाँदीको मूल्य पनि घटेको छ। हिजो प्रतितोला १५ रुपैयाँ बढेर एक हजार आठसय ६० रुपैयाँ पुगेको चाँदीको मूल्य आज प्रतितोला ४० रुपैयाँ घटेर एक हजार आठसय २० रुपैयाँमा झरेको छ।

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।

गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। सरकारले भन्सारदर घटाएपछि सुनचाँदीकै मूल्यमा गिरावट आएको हो।

 

Leave Your Comment

Related News