सेयर बजारमा दोहोरो अंकको वृद्धिदर, झण्डै ५ अर्बको कारोबार

काठमाडौं ।  साताको तेस्रो दिन मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । अघिल्लो दिन स्थिर रही बन्द भएको नेप्से मंगलबार २५ दशमलव ९३ अंकले बढेर सेयर बजार २ हजार ६ अंकमा पुगेको छ ।

ठूला कम्पनीका मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ५ दशमलव ५८ अंकले बढेर ३ सय ५७ दशमलव ५४ अंकमा पुगेको छ ।
मंगलबार कुल २ सय ४५ कम्पनीको १ करोड १८ लाख ३८ हजार १ सय ५० कित्ता सेयर कारोबार भयो । मंगलबार कुल बजार पुँजीकरण भने ३१ खर्ब ८१ अर्ब २० करोड रुपैयाँ रह्यो ।
४ अर्ब ८० करोड ४४ हजारको कारोबार हुदाँ २ सय १५ वटा कम्पनीको सेयर मुल्य बढ्यो भने २६ वटा कम्पनीको मुल्य घट्यो र ४ वटा कम्पनीको मूल्य स्थिर रह्यो ।
त्यस्तै , सोमबार कारोबार भएका १३ उपसमूहहरु मध्ये सम्पूर्ण १२ वटा उपसमूहको सेयर मूल्य उकालो लाग्दा १ वटा उपसमूहको मूल्य आरोलो लागेको हो । बैकिङ ११ दशमलव ४२, विकास बैंक १ सय ९६ दशमलव ३० , पर्यटन १ सय २५ दशमलव २०, जलविद्युत ३८ दशमलव ७९, लगानी ० दशमलव ८४, जीवन बिमा ९६ दशमलव ४२, उत्पादन २३ दशमलव ७५, माइक्रोफाइनान्स ५६ दशमलव ११, म्युचअल फण्ड ० दशमलव ०१ ,निर्जिवन बिमा २ सय ४५ दशमलव ३२ , अन्य ४ दशमलव ९९ र व्यापार २० दशमलव ४० अंकले बढेको छ । फाइनान्स २६ दशमलव ३० अंकले घटेको हो ।
मंगलबार सबैभन्दा बढी कारोबार हुनेमा साइन रेसुँगा विकास बैंक, पोखारा फाइनान्स, गोर्खाज फाइनान्स, कामना सेवा विकास बैंक र नेपाल फाइनान्स रह्यो । साइन रेसुँगा विकास बैंकको १८ करोड २४ लाख रुपैयाँ, पोखारा फाइनान्स१७ करोड १ लाखरुपैयाँ, गोर्खाज फाइनान्सको १६ करोड २५ लाख रुपैयाँ , कामना सेवा विकास बैंक १२ करोड ९५ लाख रुपैयाँ र नेपाल फाइनान्सको १२ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, मंगलबार सबैभन्दा बढी कमाउनेमा कर्पोरट विकास बैंक, इन्फीनिटी लघुवित्त, ग्रीन विकास बैंक, बोर्टलर्स नेपाल र साइन रेसुगाँ बैक रहे भने सबैभन्दा बढी गुमाउनेमा पोखरा फाइनान्स, गुराँस लघुवित्त , बोर्टलस नेपाल , गोर्खाज फाइनान्स र प्रोगेसिभ फाइनान्स रहे ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार