CLI

एनआईसी एसिया ग्रोथ फन्डको बांडफांड सम्पन्न

इक्विटी नेपाल – काठमाडौँ :
एनआईसी एसिया क्यापिटलले निष्काशन गरेको पहिलो सामुहिक लगानीकोष योजना “एनआईसी एसिया ग्रोथ फन्ड” का इकाईहरु फाल्गुन २९ गते बाँडफाँड गरिएको छ । कम्पनीले गत माघ २ गतेदेखि फाल्गुन १३ गतेसम्म १० करोड इकाई बराबरको १ अर्ब रुपैयाको इकाई निस्काशन गरेको थियो। 
बजारमा ब्याप्त तरलताको अभाव र केहि समयदेखि निरन्तर ओरालो लेको पूँजी बजारले गर्दा सर्वसाधारणबाट ६८ करोड ५२ लाख रुपैंयाको मात्र आवेदन परेको थियो। यसरी रितपुर्वक आवेदन दिने सम्पूर्ण आवेदकले मागे जति इकाई पाएका छन्। 
माग गरिएको भन्दा कम आवेदन परेकाले कोषको आकार घटाईएको छ। सर्वसाधारणबाटमाग गरिएको ६८ करोड ५२ लाख रुपैंया र कोष प्रवद्र्धक एनआईसी एशिया बैंक तथा एनआईसी एशिया क्यापिटललाई छुट्याइएको १५ करोड रुपैंया बराबरको इकाई सहित कोषको आकार ८३ करोड ५२ लाख रुपैंयाको भएको क्यापिटलले जनाएको छ ।

Leave Your Comment

Related News