काठमाडौं । आज शुक्रबार पनि सुनचाँदीको मूल्य बढेको छ । बिहिबार प्रतितोला १ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा १ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५७ हजार ९ सय रुपैयाँ पुगेको हो ।
आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३५ हजार ३ सय ७५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ९० रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको मूल्य १ हजार ६ सय २० रुपैयाँ ५० पैसा तोकिएको छ ।