CLI

यी २ कम्पनीले पाए आइपिओ जारी गर्न अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले २ वटा कम्पनीलाई प्राथमिक शेयर जारी गर्न अनुमति दिएको छ । धितोपत्रबोर्डबा प्राथमिक शेयर निश्काशनको लागि अनुमति प्राप्त गर्ने कम्पनीमा क्रेष्ट माइक्रो लाईफ इन्स्योरेन्स कम्पनी र  ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड रहेका छन् दुवै कम्पनीले हिजो माघ ३ गते आएपिओ जारी गर्न अनुमति पाएका हुन् ।

आएपिओ अनुमति प्राप्त गर्ने क्रेष्ट माइक्रो लाईफ इन्स्योरेन्स कम्पनीले कुल चुक्ता पुँजी ७५ करोडकको ३० प्रतिशत अर्थात २२ लाख ७५ कित्ता शेयरको प्रति कित्ता १०० का दरले २२ करोड ५० लाख मूल्य बराबरको आइपिओ जारी गर्ने छ ।

कम्पनीले आएपिओ निश्काशनार्थ एनआएमवि एस क्यापिटललालई बिक्रि प्रबन्धक तोकिसेको छ ।

कम्पनीला आइपिओ जारी गर्दा संस्थागत लगानी कर्ता श्रं स्वीकृत लिएर वैदेशिक रोजहारीमा रहेका नेपाली नागरिलाइ आरक्षित गरिएको संख्या घटाइ आम लगानी कर्ताको लागि आइपिओ जारी गर्ने छ ।

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले चुक्ता पुँजीको ३० प्रतिशत आइपिओ निश्कासनको लागि अनुमति प्रापत गरेको हो । कम्पनीले प्रति कित्ता १०० का दरले १८ लाख कित्ता शेयरको  १८ करोड रकम कम्मा गर्ने छ । कम्पनीले  आईपिओ बिक्रिको लागि प्रभु क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ ।

 

Leave Your Comment

Related News