नेपाल प्राइभेज इक्विटी संघको अध्यक्षमा ध्रुव तिमिल्सिना निर्वाचित

काठमाडौं । नेपाल प्राइभेज इक्विटी संघको अध्यक्षमा ध्रुव तिमिल्सिना निर्वाचित भएका छन् । गत पुस २६ गते सम्पन्न संघको तेस्रो वार्षिक साधारण सभाले अवसर इक्विटी लिमिटेडका तिमिल्सिनालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

एसोसिएसनको सञ्चालक सदस्यहरुमा ग्लोबल इक्विटी फण्डका तर्फबाट डा. मनिष थापा, ट्रु नर्थ एसोसिएट्स तर्फबाट निधान श्रेष्ठ, स्वेडा इक्विटी तर्फबाट महिमा न्यौपाने, अल्फा प्लस भेन्चर्स तर्फबाट रबिन श्रेष्ठ, एनआईएमबी एस क्यापिटल तर्फबाट सुवास थापा र वन टु वाच तर्फबाट विश्व गिरी रहेका छन् ।

अघिल्लो सञ्चालक समितिका दुई सदस्यहरू सिद्धान्त राज पाण्डे र विद्या वरिधि सिग्देलले आफ्नो कार्यकाल सम्पन्न गरेका छन् । भने मनोज पौडेलले समितिबाट राजीनामा दिएका छन् । साथै, संघका निवर्तमान अध्यक्ष पाण्डेलाई संघको नेतृत्वलाई निरन्तरता दिने तथा रणनीतिक मार्गनिर्देशन प्रदान गर्ने उद्देश्यले सञ्चालक समितिको सल्लाहकारको भूमिका नियुक्त गरिएको छ ।

साधारण सभामा अतिथि फ्रेडरिक वासोर्टले “Strategic Venture Capital: The Missing Link in Start-Up Growth Funding” विषयमा किनेट प्रस्तुत गरेका थिए ।

प्रमुख अतिथि नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्षी सन्तोष नारायण श्रेष्ठले प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल नेपालको आर्थिक विकासका लागि महत्त्वपूर्ण हुने बताए । प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटलको विकासका लागि सहकार्य र सहयोग गर्न बोर्ड तत्पर रहेको पनि उनले बताए ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार