काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा शुक्रवार नुवाकोटमा सम्पन्न भएको छ ।
सभाले हाल कायम चुक्तापूँजीको ७ दशमलव ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ३९४७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।
साथै सभाले संस्थापक र सर्वसाधारण शेयरधनीहरूको शेयर स्वामित्व ५१ः४९ कायम गर्ने प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ ।
सभाले सर्वसाधारण शेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गरेको छ ।