CLI

एनएमबि बैंकको ५१,७४६ कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । एनएमबि बैंक लिमिटेडको ५१,७४६ कित्ता संस्थापक शेयर बिक्रीमा रहेको छ ।   एनएमबि बैंक लिमिटेडका संस्थापक शेयरधनीले शेयर बिक्रि गर्न निवेदन दिएकोमा सो शेयर किन्न पाउने पहिलो प्राथमिकतामा बिध्यमान शेयर धनीको हुने कानूनी व्यवस्था भएकोले बैंङ्कले केहि समय अघि  विद्यमान संस्थापक शेयरधनीलाई शेयर खरिद गर्न आव्हान गरेको थियो ।

बैङ्कले बिक्रिमा राखेको सो शेयर खरिद गर्न तोकिएको समय भित्र कुनै बिध्यमान संस्थापक शेयर धनीले आवेदन नदिएकोले सो शेयर अन्य ईच्छुक व्यक्ति/संस्थाले सम्पूर्ण शेयर खरीद गर्ने भए  प्रस्तावित खरीद मूल्यका साथै नेपाल राष्ट्र बैंकबाट संस्थापक शेयरधनि हुन तोकिएका आवश्यक कागजात तथा विवरणहरु समेत संलग्न गरी ७ दिनभित्र एनएमबि क्यापिटल लिमिटेडमा  निवेदन दिनु पर्नेछ ।

 

Leave Your Comment

Related News