CLI

२७०० माथि उक्लियो नेप्से, झण्डै १३ अर्बको कारोबार

काठमाडौं । लामो समय पछि नेपाल स्टक एक्सचेञ्ज २७०० माथि उक्लिएको छ ।

साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ६९.८० अंकले बढेर २७२७.५८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १३.६४ अंकले बढेर ४५८.३७ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स ४.९३ अंकले र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ४.५८ अंकले बढेको हो ।

आइतबार ३३० वटा कम्पनीको २ करोड ४८ लाख ४८ हजार कित्ता शेयर कारोबार हुदाँ १२ अर्ब ९५ करोड ५७ लाख ६४ हजार बराबरको कारोबार भयो । जुन मंगलबारको तुलनामा ३ अर्ब ५५ करोड ३० लाखले कमी आएको हो । मंगलबार ३२५ वटा कम्पनीको १ करोड ९६ लाख ८० हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम भने ९ अर्ब ४० करोड २६ लाख ७८ हजार रहेको थियो ।

आइतबार २०२ वटा कम्पनीको शेयर मूल्य बढ्दा ३७ वटाको शेयर मूल्य घटेको छ भने ३ वटा कम्पनीको शेयर मुल्य स्थिर रहेको छ ।

आइतबार शतप्रतिशत समूह परिसूचक बढेको छ । बैंकिङ ३४, विकास बैंक १८५, वित्त ३३, होटल र पर्यटन १२४ , जलविद्युत ५४, लगानी १०८, जीवन बीमा ३१३, उत्पादन र प्रशोधन २१८, लघुवित्त २४४, म्युअुचल फण्ड २०, निर्जीवन बीमा १३१२३, व्यापार ५७ र अन्य समूह ५५ अंकल बढेको छ ।

आइतबार सर्वाधिक कारोबार हुने कम्पनीहरुमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, सप्तकोशी विकास बैंक, सिन्धु विकास बैंक, , हिमालयन पावर पार्टनर र हिमालयन रिइन्स्योरेन्स रह्यो । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ४१ करोड ९७ लाख, सप्तकोशी विकास बैंकको ३५ करोड २६ लाख, सिन्धु विकास बैंक ३० करोड ६१ लाख , हिमालयन पावर पार्टनरको २९ करोड ८१ लाख र हिमालयन रिइन्स्योरेन्सको २७ करोड ८१ लाख बराबर करोबार भयो ।

Leave Your Comment

Related News