बीमा प्राधिकरणको ५ अर्ब रकमान्तरण गरिदै

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल बीमा प्राधिकरणको कोषमा रहेको ५ अर्ब तान्ने भएको छ । प्राधिकरणको कोषमा रहेको करिब ९ अर्ब मध्ये ५ अर्ब मन्त्रालयको खातामा पठाउन लागिएको हो ।

नेपाल बीमा प्राधिकरणले नियमन शुल्क बापत उठाएको ठूलो रकम प्राधिकरणको खातामा छ । जसले गर्दा प्राधिकरण आर्थिक रुपमा सबल देखिन्छ । अब प्राधिकरणबाट करिब ४ देखि ५ अर्ब सरकारी कोषमा दाखिला गर्ने प्रक्रिया अघि बढाइएको हो ।

प्राधिकरणका अध्यक्ष मदन दाहालले प्राधिकरणको खातामा रहेको रकम मन्त्रालयमा पठाउने प्रक्रिया अघि बढाएका छन् ।हाल प्राधिकरणको खातामा करिब ९ अर्ब रहेको भने सो मध्ये एक तिहाई कोषमा राखिन्छ । साथै थप विभिन्न प्रकारका कोषहरुमा राखेर बाँकी रहेको रकम सरकारी खातामा सार्ने निर्णय गरिएको हो । सरकारी ढुकुटी कमजोर बनेपछि सरकारले अध्यादेश नै ल्याएर कोषहरुको रकम तान्ने काम सुरु गरेको छ ।

मन्त्रालयले तानेको रकम बीमा कम्पनीमा प्रयोग गर्ने तयारी समेत रहेको छ । राष्ट्रिय जीवन बीमा कम्पनी र राष्ट्रिय बीमा कम्पनीको चुक्ता पुँजी ज्यादै न्यून रहेको कारण उक्त रकम ती कम्पनीहरुलाई वितरण गर्ने तयारी समेत रहेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार