११ सयले घट्यो सुनको मुल्य

काठमाडौं । आज साताको अन्तिम दिन  शुक्रबार सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य यथावत रहेको छ। बिहिबार प्रतितोला १ लाख ३६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मुल्य आज प्रतितोला ११ सय रुपैयाँले घटेर १ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य पनि घटेको छ । आज तेजावी सुन प्रतितोला १ लाख ३४ हजार ७ सय ५०  रुपैयाँमा  कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मुल्य यथावत  रहेको छ । बिहिबार चाँदी प्रतितोला १ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भएकोमा आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १६ हजार ८५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १५ हजार ५ सय २५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १४ सय १० रुपैया तोकेको छ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार