काठमाडौं । माघ २८ गते बसेको मन्त्रीपरिषद्को बैठकले बीमा नियमावली, २०८१ पास गरेको छ ।
बीमा ऐन २०७९ साउन २९ गते संसदबाट पारित भएको थियो । २७ असार २०७५ मा संसदमा पेश भएको विधेयक ४ वर्षपछि पारित भएको थियो । बीमा ऐन आएपछि बीमा प्राधिकरणले नियमावलीको मस्यौदा ढिलोगरी १० महिना पश्चात अर्थ मन्त्रालय पठाएको थियो । अर्थले सरोकारवाला मन्त्रालयको राय सहित मन्त्रीपरिषद्मा पेश गरेको बीमा नियमावली ऐन बनेको २६ महिना पछि पास भएको हो । नियमावली पास नहुँदा बीमा ऐनमा भएका व्यवस्थाहरुको कार्यान्वयन, विस्तार तथा प्राधिकरणको काम नै प्रभावित हुँदै आएको थियो ।
यस अघि ऐन पारित भएपश्चात राष्ट्रिय बीमा नीति नेपाल सरकार मन्त्रीपरिषद्ले पारित गरिसकेको छ ।