प्योर इनर्जीले बन्यो आईपीओ अनुमति पाउने पहिलो सौर्य ऊर्जा कम्पनी

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्योर इनर्जी लिमिटेडलाई प्रारम्भिक सार्वजनिक निष्कासन ९आईपीओ० निष्काशनको अनुमति प्रदान गरेको छ।

बोर्डले फागुन २ गते कम्पनीलाई १६ लाख कित्ता आईपीओ जारी गर्ने अनुमति प्रदान गरेको हो ।

योसँगै, प्योर इनर्जी आईपीओ निष्कासन अनुमति प्राप्त गर्ने नेपालकै पहिलो सौर्य ऊर्जा कम्पनी बनेको छ। कम्पनीले सर्वसाधारणलाई प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा शेयर उपलब्ध गराउनेछ।

कम्पनीको कुल चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ, जसमा ८० प्रतिशत संस्थापक सेयरधारकको स्वामित्वमा छ भने बाँकी २० प्रतिशत सर्वसाधारणलाई निष्कासन गरिँदैछ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नियुक्त गरिएको छ।

प्योर इनर्जी लिमिटेडमा गोल्यान समूह र रेनेर्गो डेभलपर्सको संयुक्त लगानी रहेको छ। २०२४ अगस्टमा केयर रेटिङ नेपालले कम्पनीलाई बीबी प्लस रेटिङ प्रदान गरेको थियो।

कम्पनीले बाँके जिल्लामा ४३ बिघा क्षेत्रफलमा १०(१० मेगावाटका दुई सौर्य ऊर्जा आयोजना सञ्चालन गरिरहेको छ। यी दुबै आयोजना २०८० सालदेखि नै व्यावसायिक उत्पादनमा छन्। कुल २० मेगावाट क्षमताका साथ प्योर इनर्जी हालसम्मकै सबैभन्दा ठूलो सौर्य ऊर्जा उत्पादक कम्पनी बन्न सफल भएको छ।

सौर्य ऊर्जा उत्पादनमा अग्रणी रहँदै आएको यस कम्पनीले सुरुदेखि नै नाफामा सञ्चालन भईरहेको जनाएको छ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार