सात महिनामा साढे २ खर्बले बढ्यो वाणिज्य बैंकहरुको निक्षेप

काठमाडौं ।  चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिनामा वाणिज्य बैंकहरुमा निक्षेप करिब ६० खर्ब रुपैयाँ पुगेको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार माघ मसान्तसम्म वाणिज्य बैंकहरुसँग ५९ खर्ब ९७ अर्ब ५ करोड रुपैयाँ निक्षेप छ ।

गत आर्थिक वर्ष २०८०/८१ असारमसान्तसम्म बैंकहरुसँग ५७ खर्ब ५४ अर्ब ७७ करोड रुपैयाँ निक्षेप थियो । ७ महिनाको अवधिमा बैंकहरुको निक्षेप २ खर्ब ४२ अर्ब २८ करोड रुपैयाँ अर्थात ४.२१ प्रतिशतले बढेको छ ।

आर्थिक शिथिलता कायमै हुँदा बैंकहरुमा कर्जाको माग बढ्न नसक्दा निक्षेप बढेको हो ।

सात महिनामा ३ बैंकको निक्षेप घट्दा १७ बैंकको निक्षेप बढेको प्रतिवेदनमा देखिन्छ ।

एनआईसी एशिया बैंक, प्रभु बैंक र सिद्धार्थ बैंकको निक्षेप घटेको छ भने अन्य बैंकको निक्षेप बढेको देखिन्छ ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै निक्षेप नबिल बैंकसँग छ । माघ मसान्तसम्म नबिल बैंकसँग ४ खर्ब ९९ अर्ब ५४ करोड निक्षेप छ । गत आवको असार मसान्तमा बैंकसँग ४ खर्ब ६८ अर्ब ७६ करोड निक्षेप थियो । सात महिनामा बैंकको निक्षेप ३० अर्ब ७८ करोड रुपैयाँल बढेको छ ।

सबैभन्दा कम निक्षेप स्ट्यान्डर्ड चाटर्ड बैंक नेपालसँग रहेको छ । माघ मसान्तसम्म बैंकको निक्षेप १ खर्ब २४ अर्ब ४९ करोड छ । गत आवको असार मसान्तसम्म बैंकको निक्षेप १ खर्ब १४ अर्ब ८३ करोड रुपैयाँ थियो । सात महिनाको अवधिमा बैंकको निक्षेप  ९ अर्ब ६६ करोड रुपैयाँले बढेको छ ।

बैंकहरुको निक्षेप अर्बमा

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार