CLI

टेलिकम लाइसेन्सका लागि ४० अर्ब तिर्न लगानीकर्ता तयारः प्राधिकरण अध्यक्ष भण्डारी

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले टेलिकम कम्पनीको लाइसेन्स लिनका लागि ४० अर्ब रुपैयाँसम्म तिर्न इच्छुक लगानीकर्ता रहेको बताएका छन्।

लगानीकर्ताहरु २० अर्ब रुपैयाँ मात्र हैन ४० अर्ब रुपैयाँ तिरेर टेलिकमको लाइसेन्स लिन तयार रहेको बताएका हुन् ।
ललितपुरमा बिहीबार आयोजित ‘दूरसञ्चारको भविष्य निर्माणः नीति र नवप्रवर्तनमा अन्तर्दृष्टि’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भण्डारीले प्राधिकरणले विज्ञ, सीईओ र लगानीकर्तासँग परामर्श गरेको जानकारी दिए। विज्ञ, सीईओ र लगानीकर्ताको विचार फरक पाइएको उनको भनाइ छ ।

विज्ञ र सीईओहरु २० अर्ब नवीकरण शुल्कका कारण टेलिकम क्षेत्र धरासायी हुने अवस्थमा पुगेको बताउँछन् । तर लगानीकर्ताहरु भनाई फरक रहेको उनले दाबी गरे । लगानीकर्ताहरूले नवीकरण शुल्क २० अर्ब रुपैयाँ हुँदा व्यवसाय मात्र बाँच्छ । लाइसेन्सका लागि ४० अर्ब रुपैयाँ तिर्न पनि तयार छौं,’ लगानीकर्ताले आधिकारिक रुपमा भनेको भन्दै भण्डारीले भने । यद्यपि, उनीहरूले लाइसेन्सको अवधि ३५ वर्ष पुर्‍याउनुपर्ने माग राखेको भण्डारीले जानकारी दिए।

Leave Your Comment

Related News