काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ । यसदिन अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरोपियन युरो, बेलायती पाउन्डलगायत विदेशी मुद्राको भाउ बढेको छ ।
बिहीबार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ २४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८४ पैसा कायम भएको छ । हिजो पनि अमेरिकी डलर यही मूल्यमा खरिदबिक्री भएको थियो ।
यस्तै आज युरोपियन युरो एकको खरिददर १४६ रुपैयाँ १३ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७८ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १४६ रुपैयाँ ५२ पैसा रहेको थियो ।
बुधबार बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर १७५ रुपैयाँ ८७ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६३ पैसा रहेकोमा यसदिन खरिददर १७६ रुपैयाँ ६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ८१ पैसा निर्धारण भएको छ ।