CLI
Global College

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको झण्डै १६ लाख कित्ता संस्थापक शेयर बिक्रिमा

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडका संस्थापक १५,६३,४८५ कित्ता संस्थापक शेयर बिक्रिमा रहेको छ । नेपाल बीमा प्राधिकरणबाट जारी “ संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७” बमोजिम संस्थापक शेयर खरिद बिक्रि गर्दा विद्यमान संस्थापक शेयरधनीहरुलाई पहिलो प्राथमिकता दिनुपर्ने  कानूनी प्रावधानका कारणले सो शेयर मा हाल बिध्यमान शेयर धनीले मात्र खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

उक्त शेयर खरिद गर्न चाहने  हाल कायम शेयरधनीले संस्थापक शेयर खरिद गरि लिन इच्छा भएमा ३५ दिन (२०८१ चैत्र २४ गते) भित्र यस कम्पनीको केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा आबेदन पेश गर्नु पर्नेछ  ।

उक्त समयभित्र कोहि कसैको निवेदन प्राप्त नभएमा नियमानुसार अन्य व्यक्ति वा संस्थालाई उपरोक्त शेयरहरु बिक्रि गर्न आवश्यक प्रकृया अगाडि बढाइने कम्पनीले जनाएको छ ।

 

 

Leave Your Comment

Related News