काठमाडौं । नेपालका लागि दिपल, नामी र सेरेस इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले आइतबारबाट काठमाडौं नक्सालस्थित अमरपाली बैंक्वेट लगायत देशभरका सोरुमहरुबाट इभी कार्निभल सुरु गरेको छ । बुधबारसम्म चल्ने नेपालकै ठूलो इभी कार्निभलमा ग्राहकहरुले दिपल, नामी र सेरेसको टेस्ट ड्राइभ र एक्सचेन्ज गर्न सकिन्छ ।
एमएडब्लु वृद्धि इभी कार्निभलमा ग्राहकले हरेक इभी मोडेलमा आकर्षक क्यास डिस्काउन्ट, एक्सचेन्ज बोनस, फ्रि ७ किलोवाट चार्जर र एसेसोरिज, फ्रि रोड ट्याक्स र अटोप्लस इन्स्योरेन्स पाइन्छ । ग्राहकले टप ८ रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको बेस्ट रिकन्डिसन भ्यालु पनि पाइन्छ । यसका अलावा हरेक टेस्ट ड्राइभ र भ्यालुएसनमा पनि ग्राहकले उपहार पाउनेछन् ।
कार्निभलमा चांगानको अफरोड क्यापाबल र स्टाइलिस हन्टर पिकअप पनि डिस्प्लेमा राखिएको छ । जसलाई मात्र १० प्रतिशत डाउनपेमेन्टमा घर लान सकिनेछ । साथै, हरेक दिन बुकिंग गर्नेमध्ये भाग्यशाली एक जोडीले नगरकोटस्थित कन्ट्रि भिल्लामा फ्रि नाइट स्टे पाउनेछन् भने बम्पर उपहारमा बुकिंग गर्ने एक जनाले लक्की ड्रमार्फत आईफोन १६ प्रोम्याक्स प्राप्त गर्नेछन् ।
यो मेलामा ग्राहकले भर्खरै सार्वजनिक भएको संसारकै पहिलो ट्रान्सफर्मर एसयुभीको अनुभव पनि गर्न सकिन्छ । जुन एउटा सिंगट बटनमा एसयुभीबाट पिकअप ट्रकमा परिणत हुन्छ । साथै, यो कार्यक्रममा ग्राहकले दिपलको चर्चित मोडल एस०७, एस०७एल, एल०७का साथै नामी बक्स र सेरेस थ्रिको टेस्ट ड्राइभ गर्न सकिन्छ । यो इभेन्ट हरेक इभीप्रेमीका लागि अभुतपूर्व अनुभव हुने कम्पनीको विश्वास छ ।


