पियोर इनर्जीको आईपीओ आजदेखि

काठमाडौं ।  पियोर इनर्जी लिमिटेडले आजदेखि पहिलो चरणको (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले पहिलो चरणमा  कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

पियोर इनर्जीले जारी पुँजी ८० करोड रुपैयाँबाट १६ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँका अंकित दरले १६ लाख कित्ता आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । जसमध्ये २ प्रतिशतले हुन आउने १ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि र १८ प्रतिशतले हुन आउने १ लाख ४४ हजार कित्ता विदेशमा रोजगारमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गर्न लागेको हो ।

आईपीओमा स्थानीयले फागुन २० देखि चैत ५ सम्म र ढिलोगरी चैत २० गतेभित्र आवेदन दिनसक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने चैत ५ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार