ग्यासको कमिशन बढाउन उद्योगमन्त्री भण्डारीको संलग्नता छ : हरि ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले खाना पकाउने एलपीजी ग्यासको कमिशन वृद्धिमा उद्योगमन्त्री दामोदर भण्डारीको संलग्नता रहेको आरोप लगाएका छन् । ग्यासको मुल्यवृद्धि हुदाँ उपभोक्ताहरु समस्या परेको उनको भनाई छ ।

प्रतिनिधिसभाको बिहीवारको बैठकमा सांसद ढकालले उद्योगमन्त्रीमाथि यस्तो आरोप लगाएका हुन्। उनले कमिशनखोर व्यापारीहरुको पक्षपोषण सरकारले नै गरिरहेको आरोप पनि लगाए।

‘कति वर्ष भयो घरघरमा ग्यासको पुर्‍याउने भनेको ? मैले मात्र सुनेको हो कि अन्य माननीयज्यूले पनि सुन्नुभएको हो‚’ उनले भने, ‘दश वर्षजति त भएछ त ! अनि जसले बिजुली चुलोको नीतिहरु बनाउँदै थियो उसलाई कारबाही गर्न सरकार तयार भएर बसेको छ।’

उनले सरकार विद्युतीय चुलो ल्याउने नीति बनाइरहेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन तयार भएर बसेको आरोपसमेत लगाए।

उनले व्यवसायी, ढुवानीकर्ता र विक्रेताबीच हुने विवादको मार आम उपभोक्ताले खेप्नु परेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराए।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार