CLI

स्थिर नेप्से परिसुचक, कारोबार रकम बढ्दो

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) करिब स्थिर देखिएको छ । यो साता नेप्से ०.१२ प्रतिशत अर्थात ३.३९ अंक बढेको छ । गत साता २८१५.०४ विन्दुमा बन्द भएको नेप्से परिसुचक यस साता २८१८.४३ विन्दुमा पुगेको छ ।

यस साता पाँचै दिन शेयर बजारमा कारोबार भएको छ । एक दिन बजार बढ्दा बाँकी चार दिन बजार घटेको थियो ।

नेप्सेमा यस साता कारोबार रकम पनि बढेको छ । गत साता दैनिक औषतमा १० अर्ब ९८ करोड रुपैयाँको शेयर खरिद बिक्री भएको थियो । यस साता भने औषत कारोबार रकम १२ अर्ब ५१ करोड रुपैयाँ छ ।

यस साता ५ उपसमूह बढ्दा ८ उपसमूह घटेको छ । यस साता विकास बैंक उपसमूह परिसूचक सर्वाधिक ३.१५ प्रतिशतले बढेको छ । विकास बैंक उपसमूह १८०.५४ अंकले बढेर ५९११.६१ विन्दुमा पुगेको छ ।

यस साता लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक १.३४ प्रतिशत घटेको छ। गत साता ५२७३.९७ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता ७०.५१ अंक घटेर ५२०३.४६ विन्दुमा झरेको छ।

यस साता पनि गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक बढेको छ। गार्डियनको शेयर मूल्य पाँचै दिन सकारात्मक सर्किट लागेको छ । गत साता १ हजार ३८ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर, यस साता १ हजार ६७२ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ।

समाज लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ३ हजार ४६८ रुपैयाँ ३० पैसाबाट यस साता कारोबार खुलेको थियो । कम्पनीको शेयर यस साता २ हजार ९६६ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

Leave Your Comment

Related News