सानिमा रिलायन्स लाइफको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्चेञ्ज नेप्सेले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

समायोजन पश्चात इन्स्योरेन्सको शेयरमूल्य ४३६ रुपैयाँ ९४ पैसा कायम भएको छ । नेप्सेले कम्पनीको १.२४८९ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात आइतबार दोस्रो बजारमा इन्स्योरेन्सको शेयर प्रतिकित्ता ४४२ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको थियो ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार