काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले ६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
शुक्रबार एक सूचना प्रकाशन गर्दै संस्थाले संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको ६ हजार कित्ता संस्थापक शेयर बिक्रीको लागि संस्था समक्ष लिखित रुपमा निवेदन दिएकाले उक्त शेयर बिक्रीका लागि सूचना प्रकाशित गरिएको जनाएको छ ।
कम्पनीले शुरुमा संस्थापक शेयरधनीका लागि उक्त सूचना प्रकाशति गरेको हो । शेयर खरिद गर्न इच्छुक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनीको केन्द्रीय कार्यालयमा आफूले खरिद गर्ने शेयर कित्ताको व्यहोरा खुलाई निवेदन दिनसक्ने सूचनामा उल्लेख छ ।