काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला १ लाख ७४ हजार १०० रुपैयाँ तोकिएको छ । आइतबार पनि सोहि मूल्यमा छापावाला सुन कारोबार भएको थियो ।
गत शुक्रबार भने छापावाला सुन प्रतितोला १ लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो, जुन सर्वाधिक मूल्य हो ।
त्यस्तै, यस दिन चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेको छ। महासंघले सोमबारका लागि चाँदी प्रतितोला २ हजार ४० रुपैयाँ तोकेको छ । आइतबारका लागि चाँदी प्रतितोला २ हजार ४५ रुपैयाँ तोकिएको थियो । गत शुक्रबार भने तोलाको २ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।