काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्व विशेष आर्थिक सल्लाहकार तथा उद्योगी, व्यवसायी तथा पूर्व राज्यमन्त्री मोतीलाल दुगड कर नतिरेपछि आन्तरिक राजस्व कार्यालयले कर तिर्न भन्दै सार्वजनिक सूचना जारी गरेको छ ।
उद्योगी दुगड नेकपा एमाललेका पूर्वसांसद हुन् । उनलाई केपी शर्मा ओलीले २०७७ सालमा विशेष आर्थिक सल्लाहकार नियुक्त गरेका थिए । ओलीको पछिल्लो कार्यकालमा भने दुगडले कुनै जिम्मेवारी पाएका छैनन् ।
आन्तरिक राजस्व कार्यालय विराटनगरले गत फागुन २० गते कर दाखिलाका लागि भन्दै १०१ व्यावसायीक फर्म र कम्पनीका नाममा १५ दिने सूचना जारी गरेको थियो । यसमा दुगडको एसिया केमिकल कम्पनी प्रालि विराटनगर १४, एसियन केम प्रालि विराटनगर १७ र विराटनगर २ मा रहेको ह्यारिसन प्यालेस प्रालिको पनि नाम समावेश छ ।
भूमि कन्स्ट्रक्सन र भूमि इन्फ्रास्ट्रक्चरले पनि तिरेनन् कर तिरेको छैन । त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य अभिनाष बोहराले पनि कर तिरेका छैनन् । उनको भूमि कन्स्ट्रक्सन प्रालिले दुई वर्षदेखि मूल्य अभिवृद्धिकर र आयकर कर तिरेको छैन ।
त्यस्तै, अर्का पूर्वका व्यापारी पवनकुमार राठीको कम्पनी सनराइज पेपर मिल्सले आयकर र मूल्य अभिवृद्धि कर तिरेको छैन । हंसराज जैनको अरिहन्त कम्पनीसहित २१ वटा कम्पनीले आयकर र मूल्य अभिवृद्धि कर नतिरेको भन्दै आजको पत्रिकामा सूचना जारी गरिएको छ ।