CLI

२४ लघुवित्तले नाफा कमाउदा सबैभन्दा अगाडि फ्रस्ट माइक्रोफाइनान्स लघुवित्त

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्म आइपुग्दा ५१ वटा लघुवित्त मध्ये २४ वटा लघुवित्तले नाफा कमाएका छन् । चालु आर्थिक वर्षको त्रैमाससम्म वित्तीय विवरण सार्वजनिक गर्ने लघुवित्तहरु मध्ये सबैभन्दा बढी नाफा कमाउनेमा फ्रस्ट माइक्रो फाइनान्स लघुवित्त रहेको छ भने , त्यसपश्चयात क्रमशः मेरो माइक्रोफाइनान्स , स्वलम्बन लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त, आरएसडिसि लघुवित्त, ग्लोबल आइएमइ लघुवित्त, साधना लघुवित्त, इन्फीनिटी लघुवित्त रहेका छन् । त्यस्तै समिक्षा अवधिमा नाफा कमाउनेमा लक्ष्मी लघुवित्त, महिला लघुवित्त, आशा लघुवित्त, माऔली लघुवित्त, कालिका लघुवित्त, मिथिला लघुवित्त, सिवाइसी नेपाल लघुवित्त, सुर्योदय वमी लघुवित्त, गुराँस लघुवित्त, आरम्भ चौतारी लघुवित्त, आत्मनिर्भर लघुवित्त, सर्पोट माइक्रोफाइनान्स, हिमालयन लघुवित्त, उपकार लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त र नाडेप लघुवित्त रहेका छन् ।

समीक्षा अवधिमा फ्रस्ट माइक्रोफाइनान्स लघुवित्तको १३ करोड २ लाख ६० हजार रुपैयाँ, मेरो माइक्रोफाइनान्सको १२ करोड ३८ लाख ४२ हजार रुपैयाँ, स्वबलम्बनको ११ करोड ८६ लाख २० हजार रुपैयाँ, फरवार्डको ११ करोड ६५ लाख ६३ हजार रुपैयाँ र आरएसडिसको ११ करोड २१ लाख २१ हजार रुपैयाँ नाफा रहेको छ ।

त्यस्तै ग्लोबलको १० करोड ७२ लाख ३७ हजार रुपैयाँ, साधनाको ६ करोड १२ लाख १८ हजार रुपैयाँ, इन्फीनिटीको ५ करोड २५ लाख ९९ हजार रुपैयाँ, लक्ष्मीको ४ करोड ४४ लाख ३३ हजार रुपैयाँ, महिलाको ४ करोड २ लाख ७७ हजार रुपैयाँ, आशाको ३ करोड ८८ ल ाख १९ हजा रुपैयाँ , माहुलीको ३ करोड २२ लाख ८५ हजार रुपैयाँ, कालिकाको ३ करोड २१ लाख २६ हजार रुपैयाँ, मिथिलाको ३ करोड ५४ हजार रुपैयाँ, सिवाइसीको २ करोड ८० लाख ७ हजार रुपैयाँ नाफा रहेको छ ।

त्यस्तै, सुर्योदयको २ करोड २९ लाख ३८ हजार रुपैयाँ, गुराँसको २ करोड २४ ल ाख ७८ हजार रुपैयाँ, आरम्भको १ करोड ७७ लाख ३४ हजार रुपैयाँ आत्मनिर्भरको १ करोड २७ ल ाख ५ हजार रुपैयाँ, सर्पोटको १ करोड २३ लाख ४० हजार रुपैयाँ, हिमालयको १ करोड १३ लाख ९७ हजार रुपैयाँ, उपकारको ७२ लाख ९८ हजार रुपैयाँ , जल्पाको ६२ हजार ८१ रुपैयाँ र नाडेपको १८ लाख ११ हजार रुपैयाँ नाफा रहेको छ ।

खराब कर्जामा आएको सुधारले लघुवित्तको नाफा बढाउन मद्दत गरेको छ । अघिल्लो वर्ष नाफा ऋणत्मक रहेको लघुवित्तले समेत चालु आर्थिक वर्षमा आर्कषक नाफा कमाउन सफल भएका छन् । हालसम्म ऋणत्मक रहेको लघुवित्तको प्रतिवेदन सार्वजनिक भएको पाइदैन ।
यसैबीच कतिपय लघुवित्तको गत वर्षको तेस्रो त्रैमासको अवधिको तुलनामा चालु आवको सोहि अवधिमा भने नाफामा कमी आएको छ । गत आवको तुलनामा चालु आवको सोहि अवधिमा फ्रस्ट माइक्रोफाइन्सको ३३ दशमलव ०५ प्रतिशतले नाफामा कमी आउदाँ स्वलम्बनको १ दशमलव ३५ प्रतिशत, महिलाको २३ दशमलव २६ प्रतिशतले नाफामा कमी आएको छ । गत वर्ष सँग तुलना गर्दा नाफामा कमी आए पनि अधिकांश लघुवित्तको वित्तीय स्थिति सुधारत्मक रहेको छ । यसो हुनुमा खराब कर्जामा कमी आएको कारणले मान्छन् सरोकारावालाहरु ।

Leave Your Comment

Related News