काठमाडौं । निरन्तर बढिरहेको सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सुन आज तोलामा ६०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रति तोला १ लाख ७६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार प्रतितोला १ लाख ७६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । महासंघका अनुसार चाँदी प्रति तोल २ हजार २५ कायममा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३ हजार ८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

