काठमाडौँ – सिप्रदी यात्रीले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर ‘यात्री P2’ (Yatri P2) को मूल्य औपचारिक रूपमा सार्वजनिक गरेको छ। योसँगै नेपालमै इन्जिनियरिङ तथा उत्पादन गरिने विद्युतीय मोबिलिटी विकास गर्ने सिप्रदी यात्रीको यात्रामा अर्को महत्त्वपूर्ण उपलब्धि थपिएको छ।
नेपालका विविध र चुनौतीपूर्ण सडक तथा भौगोलिक अवस्थालाई ध्यानमा राखेर विकास गरिएको P2 केवल सहरी आवतजावतका लागि मात्र डिजाइन गरिएको स्कुटर होइन। उकालो बाटो, घुम्ती सडक, दैनिक शहरको ट्राफिकदेखि लामो दूरीको यात्रासम्मलाई ध्यानमा राख्दै P2 मा कार्यक्षमता, रेन्ज, सहज चार्जिङ, कनेक्टिभिटी र राइडर-केन्द्रित प्रविधिलाई एउटै प्लेटफर्ममा समेटिएको छ।
P2 को सुरुवाती मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँ तोकिएको छ। ग्राहकले आफ्नो आवश्यकता र प्राथमिकता अनुसार ब्याट्री क्षमता, रङ तथा कम्फर्ट र कनेक्टिभिटीका अन्य विकल्पहरू छनोट गरी स्कुटरलाई आफूअनुकूल बनाउन गर्न सक्नेछन्।
नेपालको सडक सुहाउँदो इन्जिनियरिङ र उत्कृष्ट कार्यक्षमता कम्पनीका अनुसार P2 को मुख्य विशेषतामध्ये EMS मिड-ड्राइभ मोटर (Mid-drive motor) एक हो, जसलाई विभिन्न सडक तथा ड्राइभिङ अवस्थामा उत्कृष्ट कार्यक्षमता दिने गरी डिजाइन गरिएको छ। यसले पाङ्ग्रामा ३१५ Nm टर्क उत्पादन गर्छ। साथै, एक्टिभ्ली-कुल्ड हाई-पावर कन्ट्रोलर ले विशेष गरी उकालो सडकमा निरन्तर र भरपर्दो कार्यक्षमता कायम राख्न सहयोग गर्छ।
P2 मा उच्च मजबुतीको स्टिल च्यासिस, लामो ट्राभल सस्पेन्सन र १४-इन्चका पाङ्ग्रा प्रयोग गरिएको छ, जसले नेपालका विभिन्न प्रकारका सडकमा स्थिरता र नियन्त्रण कायम राख्छ। डुअल डिस्क ब्रेकसँगै कम्बाइन्ड ब्रेकिङ सिस्टम (CBS) ले ब्रेक लगाउँदा थप आत्मविश्वास प्रदान गर्छ।
तीन ब्याट्री विकल्प र ८ वर्षको वारेन्टी P2 मा ग्राहकको दैनिक यात्राको आवश्यकता अनुसार छनोट गर्न मिल्ने तीनवटा ब्याट्री विकल्पहरू उपलब्ध छन्:
-
३.० kWh ब्याट्री: सहरभित्र वास्तविक अवस्थामा ९० किलोमिटरसम्मको रेन्ज।
-
३.७ kWh ब्याट्री: सहरभित्र वास्तविक अवस्थामा ११२ किलोमिटरसम्मको रेन्ज।
-
५.२ kWh ब्याट्री: सहरभित्र वास्तविक अवस्थामा १५७ किलोमिटरसम्मको रेन्ज।

थप रेन्ज आवश्यक पर्ने राइडरका लागि ‘एक्स्टेन्डर प्याक’ मार्फत थप ५० किलोमिटरसम्मको रेन्ज प्राप्त गर्न सकिनेछ। P2 का ब्याट्री सिस्टमहरू विशेष रूपमा यही प्लेटफर्मलाई ध्यानमा राखेर विकास गरिएका हुन् र नेपालको सञ्चालन अवस्था अनुसार परीक्षणसमेत गरिएको छ। P2 मा उद्योगकै अग्रणी मानिने ८ वर्ष वा ८०,००० किमी सम्मको ब्याट्री वारेन्टी उपलब्ध छ।
द्रुत र सहज चार्जिङ प्रणाली P2 मा इन्स्टल्ड अनबोर्ड चार्जर (Onboard Charger) रहेकाले घरमा चार्ज गर्दा छुट्टै चार्जिङ एडाप्टर बोकिरहनु पर्दैन। ब्याट्रीको कन्फिगरेसन अनुसार घरमै २.५ घण्टाभन्दा कम समयमा यसलाई फुल चार्ज गर्न सकिन्छ। लामो यात्रा वा छिटो चार्ज गर्नुपर्ने अवस्थाका लागि P2 ले DC फास्ट चार्जिङ पनि सपोर्ट गर्छ, जसबाट करिब ४१ मिनेटमै चार्ज गर्न सकिन्छ। सहरबाहिर यात्रा गर्ने प्रयोगकर्तालाई सहज बनाउन सिप्रदी यात्रीले देशभर आफ्नो चार्जिङ नेटवर्क विस्तार गरिरहेको छ।
एडभान्स कनेक्टिभिटी र प्रविधि P2 ले प्रविधिमा केन्द्रित राइडिङ अनुभव प्रदान गर्ने उद्देश्यले ७-इन्च TFT डिस्प्ले उपलब्ध गराएको छ, जसमा वायरलेस Apple CarPlay र Android Auto को सुविधा समावेश छ। डिस्प्लेबाट नेभिगेसन तथा आवश्यक राइडिङ सम्बन्धी जानकारी हेर्न सकिन्छ। साथै, इन्टिग्रेटेड सेन्सरहरूले कम्पासको दिशा, रोल र पिच लगायतका जानकारी रियल-टाइममा उपलब्ध गराउँछन्।
P2 को कनेक्टेड आर्किटेक्चरमार्फत स्कुटर 4G कनेक्टिभिटी प्रयोग गरी यात्रीको नेटवर्कसँग जोडिइरहन्छ। यसको मोबाइल एपमार्फत ग्राहकले लाइभ भेहिकल ट्र्याकिङ, रियल-टाइम चार्जिङ जानकारी, रुट प्लानिङ र सर्भिस अपोइन्टमेन्ट जस्ता सुविधा प्रयोग गर्न सक्छन्। स्कुटरमा प्रोक्सिमिटी डिटेक्सन (Proximity Detection) प्रविधिसमेत रहेकाले साँचोबगैर स्कुटर चलाउन सकिन्छ।
आरामदायी यात्रा र उच्च सुरक्षा सहज राइडिङका लागि P2 मा मल्टिपल राइडिङ मोड, स्मार्ट चार्जिङ मोड र मल्टिपल-लेभल रिजेनेरेटिभ ब्रेकिङ उपलब्ध छन्। ट्राफिक तथा लामो यात्राका क्रममा यसमा रहेको ‘हिल होल्ड’ (Hill Hold) र ‘क्रुज कन्ट्रोल’ (Cruise Control) जस्ता सुविधाले यात्रा अझ सहज बनाउँछन्।
सुरक्षाका लागि P2 मा Class-D हेडलाम्प प्रयोग गरिएको छ। त्यस्तै, रिजेन-रिस्पोन्सिभ टेललाइटले स्कुटरको गति घट्दा पछाडिबाट आइरहेका सवारीलाई संकेत दिन्छ। कनेक्टेड प्लेटफर्ममार्फत एन्टी-थेफ्ट नोटिफिकेसन र मोटर लक जस्ता सुरक्षा सुविधाहरू पनि उपलब्ध छन्।
अनलाइन कन्फिगरेटर र डेलिभरी तालिका ग्राहकले अनलाइन कन्फिगरेटरमार्फत स्कुटरको रङ, ब्याट्री क्षमता र कनेक्टिभिटीका विकल्पहरू छनोट गरी बुकिङ गर्नुअघि नै आफ्नो P2 को स्वरूप तयार गर्न सक्नेछन्।
काठमाडौँको टेकुमा रहेको सिप्रदी यात्रीको नयाँ ‘एक्सपेरियन्स सेन्टर’ अक्टोबर २०२६ को पहिलो सातादेखि सञ्चालनमा आउँदैछ, जहाँ ग्राहकले टेस्ट राइड लिन र बुकिङ गर्न सक्नेछन्।
NADA अटो शोका क्रममा P2 बुकिङ गरेका ग्राहकहरूका लागि ३.७ kWh र ५.२ kWh भेरियन्टको डेलिभरी अक्टोबरको मध्यदेखि नोभेम्बर २०२६ सम्म सुरु हुनेछ भने बाँकी अन्य भेरियन्टको डेलिभरी डिसेम्बर २०२६ देखि सुरु हुने तालिका रहेको छ।



