CLI

भाटभटेनीमा लुटपाटको घटनामा बहादुरीपूर्वक प्रतिकार गर्ने सुरक्षाकर्मीहरू सम्मानित

काठमाडौं । भाटभटेनी सुपरमार्केटले गत चैत १५ गते राजावादी समूहद्वारा गरिएको तोडफोड तथा लुटपाटको घटनामा बहादुरीपूर्वक प्रतिकार गर्ने सुरक्षाकर्मीहरूलाई सम्मानित गरेको छ।

एक विशेष कार्यक्रमका बीच सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई पाँच लाख रुपैयाँ नगद पुरस्कार तथा पाँच ग्रेड बढुवा प्रदान गरिएको छ। अन्य तीन सुरक्षाकर्मी—सूर्य गिरी, दीपेश खड्का, र सोमबहादुर भुजेललाई जनही २५ हजार १ रुपैयाँ नगद पुरस्कारसहित एक ग्रेड बढुवा गरिएको छ।

त्यसैगरी, ग्रोसरी सिनियर सुपरभाइजर सागर गुरुङलाई ५१ हजार १ सय ११ रुपैयाँको चेक प्रदान गर्दै दुई ग्रेड बढुवा गरिएको छ।

घटनाका क्रममा क्षति पुगेका भौतिक संरचना, बगैँचा, तथा सो केस पुनर्निर्माणमा खटिएका मजदुरहरूलाई पनि विशेष स्वागत गरिँदै सम्मान व्यक्त गरिएको छ।

साथै भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले व्यसायीहरुलाई थुन्ने कार्य बन्द गर्न आग्रह गरेका छन् ।

Leave Your Comment

Related News