CLI

आगामी आवमा प्रदेश सरकारलाई संघीय सरकारबाट करिब ७८ अर्ब अनुदान

काठमाडौं । संघीय सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा प्रदेश सरकारहरूलाई करिब ७८ अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ। अर्थ मन्त्रालयका अनुसार राजस्व बाँडफाँट प्रणालीमार्फत प्रदेशहरूलाई कुल ७८ अर्ब ८ करोड ५० लाख रुपैयाँ हस्तान्तरण गर्ने योजना रहेको छ।

राजस्व बाँडफाँटमा सबैभन्दा धेरै बजेट कोशी प्रदेशलाई प्रदान गरिने अनुमान गरिएको छ। कोशी प्रदेशले १२ अर्ब ३९ करोड ६० लाख रुपैयाँ प्राप्त गर्नेछ। त्यसैगरी, मधेस प्रदेशले १२ अर्ब ३५ करोड ८४ लाख रुपैयाँ, बागमती प्रदेशले ११ अर्ब ५२ करोड ८४ लाख रुपैयाँ, र लुम्बिनी प्रदेशले ११ अर्ब ८६ करोड ५६ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

त्यस्तै, कर्णाली प्रदेशलाई १० अर्ब २७ करोड ३० लाख रुपैयाँ तथा सुदूरपश्चिम प्रदेशलाई ९ अर्ब ८७ करोड २५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

सबैभन्दा कम बजेट प्राप्त गर्ने प्रदेश गण्डकी हुनेछ, जसलाई ९ अर्ब ७९ करोड ११ लाख रुपैयाँ प्राप्त हुने छ।

संघीय सरकारद्वारा प्रदान गरिने यो बजेट प्रदेश सरकारहरूले पूर्वाधार विकास, सेवा प्रवाह तथा अन्य प्राथमिकताका क्षेत्रमा खर्च गर्नेछन्।

Leave Your Comment

Related News