CLI

रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालत बुटवलको आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगीको मुद्धामा थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश दिएको छ ।

न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले  शुक्रबार थुनामा पठाउने आदेश दिएको हो ।

उच्च अदालत तुलसीपुरका बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै थुनामा पठाउने आदेश गरेको हो । जिल्ला अदालत रुपन्देहीले बुटवलको सुप्रिम सहकारी ठगीमा मुद्धामा १ करोड रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो ।

रवि लामिछानेसँगै पूर्वडिआईजी छविलाल जोशीलाई पनि थुनामा पठाउन उच्चले आदेश दिएको छ ।

धरौटीमा रिहा गर्ने जिल्लाको आदेशविरुद्ध रविले उच्चमा पुनरावेदन गरेका थिए । त्यसपछि सरकारी वकिलको कार्यालय रुपन्देही पनि जिल्लाको आदेश बदर गरी रविलाई थुनामा पठाउन माग गर्दै उच्च पुगेको थियो ।

 

Leave Your Comment

Related News