CLI
Global College

समता घरेलुु लघुवित्तको संस्थापक शेयर बिक्रीमा, कसले किन्न पाउँछन् ?

काठमाडौं ।  समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ हजार ७९० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ  ।

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्रप्राप्त संस्थाका विद्यमान संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्ने इच्छा राखी निवेदन दिएपछि राष्ट्र बैंकको निर्देशनबमोजिम रित पुर्‍याइ बिक्री प्रक्रिया अघि बढाइएको हो ।

उक्त संस्थापक शेयर खरिद गरी लिन इच्छुक हाल कायम शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले हाल उक्त शेयर खरिदका लागि संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनीको केन्द्रीय कार्यालय बनेपा-७, काभ्रेपलाञ्चोकमा आफूले खरिद गर्न चाहेको शेयर कित्ता र प्रति कित्ता रकमको व्यहोरा खुलाइ आवेदन दिन कम्पनीले अनुरोध गरेको छ ।

म्यादभित्र संस्थापक शेयरधीनको आवेदन नपरेमा उक्त शेयर अन्य सर्वसाधारण व्यक्ति र संस्थाले खरिद गर्न सक्नेगरी आवेदन खुलाइनेछ ।

Leave Your Comment

Related News