काठमाडौं । लगातार ओरालो लागेको सुनको मूल्य बुधबार बढेको छ । पछिल्लो चार कारोबार दिनमा घटेको सुनको मूल्य आज २ हजार रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला १ लाख ७५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रति तोला ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार चाँदी प्रति तोला १ हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य १ हजार ३३० रुपैयाँ थियो ।

