CLI

नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत हुने एडीबीको प्रक्षेपण

काठमाडौं । चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर  ४.४ प्रतिशत हुने प्रक्षेपण गरेको छ।

गत आर्थिक वर्षमा ३.९ प्रतिशत आर्थिक वृद्धि भएको नेपालको अर्थतन्त्रमा सुधार हुँदै जाँदा आर्थिक क्षेत्रमा सुधार हुने उल्लेख गरेको हो।

गत आर्थिक वर्ष नेपालमा जलविद्युत् उत्पादनमा वृद्धि, गहुँ उत्पादन र सेवा क्षेत्रमा आएको उत्साहले अर्थतन्त्रमा सुधार हुँदै गएको एडीबीले जनाएको छ।

मुद्रास्फीति गत वर्षको तुलनामा वृद्धिदर कम हुने प्रक्षेपण गरेको छ। गत आर्थिक वर्षमा ५.४ प्रतिशतमा रहेकोमा २०२५ मा ५.२ प्रतिशत रहेको छ।

एडीबी नेपाल आवासीय मिसनका प्रमुख अर्थशास्त्री इआन हान्सनले ट्म्पको ट्यारिफ घोषणाले एसिया प्यासिफिक क्षेत्रको आर्थिक वृद्धिको प्रक्षेपण घटेर ४.९ प्रतिशतमा झर्ने  बताएका छन् ।

उनले अमेरिकी नीतिगत परिवर्तनबाट प्रक्षेपणलाई कमजोर बनाएको छ भने अनिश्चय बढाएको  बताए।

Leave Your Comment

Related News