समयसीमा भित्र दर्ता भएनन् फेसबुकलगायत सामाजिक सञ्जाल, म्याद थपको तयारी

काठमाडौं । मेटाअन्तर्गत फेसबुक, इन्स्टाग्राम, थ्रेड र ह्वाट्सएपलगायत सामाजिक सञ्जाललाई दर्ता हुन सरकारले दिएको ३० दिने समयसीमा आइतबार सकिएको छ । तर समयसीमा भित्र ती सामाजिक सञ्जाल दर्ताको प्रक्रियामा आएनन् ।

सरकारले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० जारी गरेको थियो । तेस्रोपटक गत चैत ७ गते ३० दिने म्याद दिएर सामाजिक सञ्जाल कम्पनीलाई दर्ता हुन ३० दिने म्याद दिएको थियो । सरकारले चेतावनी दिँदै ३० दिनभित्र दर्ता नभए रोक लगाउने बताएको थियो ।

सरकारले दिएको समयसीमाभित्र दर्ता नभएपछि अब सरकारले दर्ताका लागि म्याद थप गर्ने तयारी गरेको छ । ३० दिने म्याद आइतबार सकिए पनि दर्ताका लागि थप समय दिने मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार