CLI

आगामी बजेटले निजी क्षेत्रका समस्या सम्बोधन गर्छ: देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो बजेटले निजी क्षेत्रका समस्या सम्बोधन गर्ने बताएका छन्।

कांग्रेसको उद्योग तथा व्यापार विभागले सोमबार  काठमाडौँमा आयोजना गरेको कार्यक्रममा देउवाले आगामी बजेटले निजी क्षेत्रका सवाललाई सम्बोधन गर्दै आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने विश्वास व्यक्त गरेका हुन्।

‘आर्थिक वर्ष २०८२/०८३ को बजेटले निजी क्षेत्रले उठाएका सवाललाई सम्बोधन गर्नेछ,’ सभापति देउवाले भने, ‘यसले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने विश्वास मलाई छ।’

उनले निजी क्षेत्रले नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान दिएको बताए।

निजी क्षेत्रका समस्या समाधान गर्न कांग्रेस सधैँ तत्पर रहेको उल्लेख गर्दै देउवाले भने, ‘निजी क्षेत्र र सरकारबीच सुदृढ कार्य हुन सक्यो भने अर्थतन्त्र थप बलियो हुँदै जाने छ।’

उनले सरकारले उद्योग र व्यापार नगर्ने बताए। ‘व्यापारीले व्यापार गर्ने र उद्योगपतिले उद्योग खोल्ने हो,’ देउवाले भने, ‘सरकारले व्यापार र उद्योग गर्ने होइन। निजी संस्थाले गर्नुपर्छ।’

Leave Your Comment

Related News