CLI

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको दुई हजार ३०५ कित्ता शेयर बिक्रीमा ल्याएको छ । संस्थापक शेयरधनीहरुले आफ्नो नाममा कायम रहेको संस्थापक शेयर बिक्री गर्न इच्छुक भई बैंक समक्ष निवेदन दिएकोमा बैंकले उक्त शेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक शेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापकहरुमा रहने भएकोले उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुलाई हुने भएकाले बैंकले ३५ दिनभित्र शेयर खरिदका लागि आवेदन दिन संस्थापक शेयरधनीका लागि सूचना प्रकाशित गरेको छ ।

सो शेयरको बिक्री मूल्य विक्रेताले तोके बमोजिम हुने बताइएको छ । म्याद भित्र विद्यमान संस्थापकहरुबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर शेयर बिक्रीको प्रक्रिया अगाडि बढाइने सूचनामा उल्लेख छ ।

Leave Your Comment

Related News