गरिमा विकास बैंकको ६५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले ६५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

विभिन्न शेयरधनीहरुले संस्थापक शेयर बिक्रीका लागि आवेदन दिएकोमा सञ्चालक समितिको बैठकबाट उक्त शेयर बिक्रीको प्रक्रिया अघि बढाएको हो ।

कुनै संस्थापक शेयरधनीलाई संस्थापक शेयर खरिद गरी लिन इच्छा भएमा सूचना प्रकाशित भएको मितिले ३५ दिन (२०८२ जेष्ठ २१) भित्र बैंकको केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाण्डौंमा आवेदन दिन सकिने सुचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार