काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कृषियोग्य भूमिको संरक्षण, जगंली जनावर धपाउन प्रविधिको प्रयोग गर्ने बताएका छन् ।
नीति तथा कार्यक्रममार्फत् कृषियोग्य भूमिको संरक्षण , बाँझो जमिनको उपयोग , कटुवावन्दी र करारखेतीलाई प्रवद्र्धन गरिनेछ । जंगली जनवारबाट हुने क्षति न्यूनीकरणका लागि उपयुक्त प्रविधि प्रयोग गरिनेछ । रैथानी बाली, बीउ र नश्ल र कृषि जैविक विविधताको संरक्षणलाई प्राथमिकता दिइनेछ । कृषि उत्पादन, उपयोग र भण्डारण शैलीलाई पोषणको अभिन्न अंगको रुपमा अघि बढाइनेछ ।
रासायनिक मलको मूल्य आपूर्ति र वितरण प्रक्रियालाई परिमार्जन गरिनेछ । कृषि मल काराखाना स्थापना गर्न आवश्यक कार्य गरिनेछ । रसायन तथा विषादीको आयात तथा प्रयोगलाई नियमन गरी यसको अधिक प्रयोगबाट मानव स्वास्थ्यमा पर्ने असर तथा जैविक विविधतामा आउने ह्रासको बारेमा आउने जोखिम न्यूनीकरण गरिनेछ । जैविक विषादीको उपयोगलाई प्रोत्साहन गरिनेछ । कृषि पशुपन्छी र खाद्य प्रयोगशालहरुको विद्यमान प्रत्यान्नको दायरालाई विस्तार गरी अन्तराष्ट्रिय प्रत्यायानयुक्त प्रयोगशालामा स्तरउन्नित गरिनेछ ।

