CLI

ट्रेड टावरको प्रथम चरणको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । ट्रेड टावर लिमिटेडको प्राथमिक साधारण शेयर (आईपीओ) मा आज अन्तिम दिन रहेको छ ।

कम्पनीले गत वैशाख ८ गतेदेखि पहिलो चरणमा  विदेशमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो ।

कम्पनीले आफ्नो जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको  ४८.७० प्रतिशतले हुन आउने ३९ लाख ७१ हजार ६९३ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो । जसमा पहिलो चरणमा १० प्रतिशत अर्थात् ३ लाख ९७ हजार १६९.३० कित्ता शेयर विदेशमा रहेका नेपालीहरुका लागि बिक्री खुला गरिएको हो ।

आईपीओका लागि घटीमा १० कित्तादेखि बढीमा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओ निष्काशक तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल लिमिटेडले रहेको छ ।

Leave Your Comment

Related News