काठमाडौं । साताको दोस्रो दिन दिन शेयर बजार सामान्य अंकले घटेको छ । गत सोमबार देखि निरन्तर घटेको शेयर बजार यो साताको सोमबार पनि घटेको हो ।
सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ९.९८ अंकले घटेर २६१०.४० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १.३६ अंकले घटेर ४४०.१३ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ०.५४ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.३१ अंकले घटेको हो ।
सोमबार ३१९ वटा कम्पनीको १ करोड ८४ लाख ३७ हजार ९४२ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ७ अर्ब ६३ करोड ४१ लाख ९३ हजार पुगेको छ । जुन आइतबारको तुलनामा कारोबार रकम १ अर्ब ६१ करोड १३ लाख ९० हजारले कम हो । आइतबार ३२२ वटा कम्पनीको २ करोड १९ लाख ५ हजार ३११ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ९ अर्ब २४ करोड ५५ लाख ८३ हजार पुगेको हो ।
यसैबीच सोमबार बजार पुँजीकरण रकम ४३ खर्ब४२ अर्ब २९ करोड पुगेको छ ।यसदिन ८६ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १५९ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
यस दिन ४ वटा उपसमूह बढ्दा बाँकी ९ वटा उपसमूह घटेको छ । होटल र पर्यटन २, लघुवित्त म्युअुचल फण्ड ०.०४ र निर्जीवन बीमा ७ अंकले बढ्दा बैंकिङ ५, विकास बैंक ४०, वित्त २३, जलविद्युत २६, लगानी ०.१५, जीवन बीमा १५, उत्पादन र प्रशोधन ६४, व्यापार ३३ र अन्य समूह ५ अंकले घटेको हो ।
यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा राधी विद्युत कम्पनी, ङादी ग्रुप, सानिमा माई हाइड्रोपावर, युनिभर्सल पावर कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभल्पमेन्ट लिमिटेड रह्यो ।
राधी विद्युत कम्पनीको ७६ करोड ५ लाख, ङादी ग्रुपको ५५ करोड ६२ लाख, सानिमा माई हाइड्रोपावरको ४८ करोड ५४ लाख, युनिभर्सल पावर कम्पनीको ४७ करोड १५ लाख र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभल्पमेन्ट लिमिटेडको ३७ करोड ६९ लाख बराबर कारोबार भयो ।


