मल नदिएर सरकारले किसानमाथि अन्याय गर्यो : सांसद प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का सांसद प्रभु साहले मल नदिएर सरकारले किसानमाथि अन्याय गरेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बाली लगाउने बेलमा किसानले मल नपाएको बताए ।‘बाली लगाउने बेलामा किसानले मल पाउँदैनन् । मल पाए पनि दुई गुण तीन गुण बढीमा पाइरहेका छन् । त्यो सरकारले दिने ठाउँमा नभएर अन्यत्रै महँगोमा किन्नु पर्ने वाध्यता रहेको छ,’ उनले भने, ‘सरकारले मल नदिएर किसानमाथि अन्याय गरिरहेको छ ।’

किसानलाई लुटेर महल जोड्ने काम भइराखेको भन्दै सांसद साहले यस्तो कार्य रोकिनुपर्ने माग गरे । उनले पहाडमा मकै छर्ने बेला रहेको तर डीएपी मल किसानले पाउन नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार