काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार उच्च अंकले बढेको छ । गत सोमबार देखि निरन्तर घटेको शेयर बजार मंगलबार र बुधबार बढेको हो ।
बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ६२.२५ अंकले बढेर २६७३.६९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १०.९७ अंकले बढेर ४४१.२४ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ४.६४ अंकले र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ३.७४ अंकले बढेको हो ।
बुधबार ३०८ वटा कम्पनीको २ करोड ७२ लाख ४५ हजार ४५९ कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम १० अर्ब ५१ करोड ८४ लाख ६ हजार पुगेको छ । जुन मंगलबारको तुलनामा कारोबार रकम १ अर्ब ७७ करोड ७ लाख ३८ हजारले बढी हो ।
मंगलबार ३१८ वटा कम्पनीको २ करोड ५ लाख ४२ हजार ७६४ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ८ अर्ब ७४ करोड ७६ लाख ६८ हजार पुगेको हो ।
यसैबीच बुधबार बजार पुँजीकरण रकम ४४ खर्ब ४७ अर्ब ५७ करोड पुगेको छ । मंगलबार भने बजार पुँजीकरण ४३ खर्ब ४४ अर्ब १ करोड ५६ लाख रहेको हो ।
यसदिन २२७ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १८ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
यस दिन १३ वटा उपसमूह बढेको छ । बैंकिङ ३९, विकास बैंक १२५, वित्त १२७, होटल र पर्यटन १०१, जलविद्युत ११०, लगानी ०.९२, जीवन बीमा ३१८, उत्पादन र प्रशोधन ८५, लघुवित्त १०३, म्युअुचल फण्ड ०.११, निर्जीवन बीमा ३३०, व्यापार २४ र अन्य समूह ५५ अंकले बढेको छ ।
यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा सानिमा माई हाइड्रोपावर, ङादी ग्रुप, राधी विद्युत कम्पनी, युनिभर्सल पावर कम्पनी र सिंगटी हाइड्रो इनर्जी लिमिटेड रह्यो । सानिमा माई हाइड्रोपावरको ५९ करोड २० लाख, ङादी ग्रुपको ५४ करोड ७९ लाख, राधी विद्युत कम्पनीको ४३ करोड ११ लाख, युनिभर्सल पावर कम्पनीको ४२ करोड ६३ लाख र सिंगटी हाइड्रो इनर्जी लिमिटेडको ४१ करोड ८ लाख बराबर करोबार भयो ।

