CLI

डीडीसीले किसानलाई दूधको पैसा दिएन : सांसद सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले नेपाल दुग्ध विकास संस्थान (डीडीसी) ले किसानसँग खरिद गरेको दूधको पैसा नदिएको बताएका छन् ।

उनले डीडीसीले किसानसँग खरिद गरेको दूधको पैसा विगत ५ महिनादेखि नदिएको भन्दै दिने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा शून्य समयमा बोल्दै सांसद सापकोटाले ६ महिनादेखि दूधको पैसा नपाएपछि किसानलाई पशु पाल्न गाह्रो भएको भन्दै रकम भुक्तानीका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । ‘डीडीसीले दूध खरिद गर्ने तर पैसा नदिदाँ किसानहरु मर्कामा परेका छन् पशु पाल्न गाह्रो भएको छ,’ उनले भने,‘त्यसैले सरकारले डीडीसँग समन्वय गरी किसानको भूक्तानी गर्न सहजीकरण गर्नु आवश्यक छ।

Leave Your Comment

Related News