५ अर्बको नागरिक बचतपत्र निष्कासन

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ५ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र २०८६ निष्काशन गर्ने भएको छ । आइतबार देखि बिक्री खुला गरिएको बचतपत्र खरिदका लागि आगामी जेठ ३० गतेसम्म आवेदन दिन सकिने र असार ४ गते निष्काशन हुनेछ । सरकारले आन्तरिक ऋण उठाउनको लािग बचतपत्र निष्काशन गर्ने काम गर्दछ ।

५ अर्ब अवधिको रहेको बचतपत्र नेपाली नागरिक वा गैह्र आवसाीय नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । वार्षिक ८ प्रतिशत ब्याजदर रहने र अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गर्नेगरी बचतपत्र ल्याइएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । घटीमा रु १० हजार र बढीमा रु १० हजारले भाग गर्दा निःशेष भाग जाने गरी बचतपत्र खरिद गर्न सकिनेछ ।

“ नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि , आवेदन बराबरको रकम आफ्नो बंैक खाताबाट झिक्न स्वीकृति दिएको अख्तियारी पत्र, नाबालकको नामा बचतपत्र खरीद गर्ने भएमा संरक्षण्कको नागरिकताको प्रमाणपत्र र नाबालकको जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा आवश्यक कागजातहरु बझुाउनु पर्नेछ”, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले भनेको छ ।

यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनसमेत सकिनेछ । जुनसुकै समयमा दोस्रो बजारमार्फत् खरिदबिक्री गर्न मिल्ने जनाइएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार