लक्ष्मी सनराइज बैंकको ऋणपत्र नेप्सेद्धारा खारेज

काठमाडौं । लक्ष्मी सनराइज  बैंक लिमिटेडको ‘१० प्रतिशत सनराइज  डिबेन्चर २०८०’ खारेज गरिएको छ । सनराइज बैंक लिमिटेडको ‘१० प्रतिशत सनराइज डिबेन्चर २०८०’ परिपक्व भए सँगै खारेज गरिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सोमबार एक निर्णय गर्दै सन्राइज बैंकको डिवेन्चर खारेज गरेको हो ।

५ वर्ष अवधि तथा डिवेन्चर अंकति मूल्य १ हजार रुपैयाँका दरले १ अर्ब रुपैयाँ बराबरको १० लाख किता सनराइज  ऋणपत्र (डिवेन्चर) निष्कासन गरेको थियो । सोमबार १० प्रतिशत सनराइज डिवेन्चर कारोरबार पश्चात परिपक्क गरिएको थियो । ऋणपत्र परिपक्व भएपछि अब साँवा र र्तिन बाँकी ब्याज एकमुष्ट भुक्तानी हुनेछ । उक्त ऋणपत्रको मे ९ तारिखमा प्रति कित्ता १०४० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार