नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल  नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल  नियुक्त भएका छन् । आज बसेको मन्त्रीपरिषद्को बैठकले उनलाई आगामी पाँच वर्षको लागि नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको हो ।

आजै अर्थमन्त्रीको संयोजकत्तोमा बनेको छनौट समितिले डेपुटि गभर्नर डा.नीलम ढंगाना, प्रा. डा. विश्वनाथ पौडेल र पुर्व सचिव दिनेश भट्टराइलाई गभर्नर नियुक्तिको लागि सिफारिस गरेको थियो । सिफारिस तीन मध्ये प्रा.डा. विश्वनाथ पौडेल गभर्नरमा सिफारिस भएका हुन् ।

डा. पौडेलले प्रधानमन्त्रीको आर्थिक सल्लाहकार,राष्ट्रिय योजना आयोगमा ऊपाध्यक्ष, विश्व बैंक तथा अन्य अन्तर्राष्ट्रिय संस्थासँग मिलेर राजस्व सुधार सम्बन्धी परियोजनामा  नीति निर्माण र प्रवर्तनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको अनुभव रहेको छ ।

डा. पौडेलसँग एडीबी,आइएमएफ र विश्व बैंकमा काम गरेको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार