CLI
Global College

मुलुकको कूल व्यापार घाटा  साढे १२ खर्ब ५६ अर्ब

काठमाडौं । निर्यातजन्य वस्तुको उत्पादन र उत्पादकत्व वृद्धि गर्न नसक्दा नेपालले तेस्रो मुलुकसँगको व्यापारमा  व्यापारमा घाटा व्यहोर्नु परेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउनदेखि  वैशाख मसान्तसम्म व्यापार घाटा १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।  जुन अघिल्लो वर्षको सोही अवधिको ११ खर्ब ७ करोड १८ लाख रुपैयाँभन्दा धेरै हो।

वैशाख मसान्तसम्म कुल वैदेशिक व्यापार १६ खर्ब ९२ अर्ब ९ करोड रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८.३७ प्रतिशतले बढी हो। गत वर्ष सो अवधिमा १४ खर्ब २९ अर्ब ५३ करोड रुपैयाँ बराबरको व्यापार भएको थियो।

यो वर्षको १० महिनामा आयात र निर्यात दुबैमा वृद्धि देखिएको छ। कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८७.१२ प्रतिशत रहेको छ भने निर्यात १२.८८ प्रतिशत मात्र रहेको विभागले जनाएको छ।

विभागका अनुसार चालु वर्षको वैशाख मसान्तसम्म १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ, जुन अघिल्लो वर्षको १३ खर्ब ३ अर्ब ३५ करोड रुपैयाँको तुलनामा १३.११ प्रतिशतले बढी हो। उता, निर्यातमा झनै ठूलो वृद्धि देखिएको छ। यस वर्ष वैशाख मसान्तसम्म २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ, जुन अघिल्लो वर्षको १ खर्ब २६ अर्ब १७ करोड रुपैयाँको तुलनामा ७२.७१ प्रतिशतले वृद्धि हो।कृषिप्रधान मुलुक भन्ने कृषि उत्पादनमा जोड नदिदाँ आयात उच्च भएको बताउँछन व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका पूर्वनायब कार्यकारी निर्देशक डा. समुन रेग्मी बताउछन् । उनले अधिकांश निर्यातयोग्य वस्तुहरु आयातीत कच्चा पदार्थमा र न्यूनतम मूल्य अभिवृद्धिमा आधारित हुदाँ व्यापार घाटामा कमी आउन ननसकेको बताए । निर्यातयोग्य कृषि क्षेत्रका वस्तुहरुका व्यावसायिक उत्पादन हुन नसक्नु अर्को समस्या रहेको उनको भनाई छ ।

 

Leave Your Comment

Related News